टुडिखेलमा फुटबल जारी, आज ९ खेल सम्पन्न

पाेखरा | भदौ ४, २०८१

टुडिखेलमा फुटबल जारी, आज ९ खेल सम्पन्न

पोखरा:   पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो चरणका आज (मंगलबार) ९ खेल सम्पन्न भएका छन् ।
 

सेडुअल अनुसार १२ खेल हुने भनिएपनि प्रतिकुल मौसमका कारण ९ खेलमात्रै सम्पन्न भएको आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाले जानकारी दिए ।

 

उनका अनुसार पोखरा १ पुरानो टुंडिखेलमा आज भएको पहिलो खेलमा क्याफे क्यामेलिया टिम एले छोरेपाटनलाई ३–० गोल अन्तरले पराजित गर्याे ।

 

यस्तै दोस्रो खेलमा क्याफे क्यामेलिया टिम बिले नयाँगल्लीलाई २–१ गोल अन्तरले हरायो । 

 

तेस्रो खेलमा कस्केरी टोलले पोखरा म्युजिकल हाउसलाई ३–० गोल अन्तरले पराजित गर्यो

 

भुजुङ युथ क्लब र मार्सल युथ क्लबबीच भएको चौंथो खेल गोलरहित भएपछि टाइब्र्रेकरमा मार्सलले २–० गोल अन्तरले जित हाँसिल गर्याे ।

 

यस्तै कमल पोखरी र मिक्की एफसीबीच भएको पाँचौ खेलपनि १–१ को बराबरीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा कमलपोखरीले ३–२ गोल अन्तरले जित निकाल्दै कमलपोखरी अघिल्लो चरणमा प्रवेश गर्याे  ।

 

छैटौं ​खेलमा गेमशालाले माछापुच्छ्रेलाई १–० हरायो ।

 

सातौं खेलमा ब्याम्बो एफसीलाई क्रस एफसीले ५–० को फराकिलो गोल अन्तरले पाखा लगायो । 

 

आठौ खेलमा केआइइसी बुनले वल्ड हाउसलाई २–० गोलले पराजित गर्दै बुन अघिल्लो चरणमा प्रवेश गर्याे । 

 

आज भएको अन्तिम खेलमा मिलन टोलले अम्र्या कन्स्ट्रक्सनलाई २–० गोल अन्तरले हरायो । 

 

अब बुधबार पनि ११ वटा खेलहरु सञ्चालन गरिने थपलियाले बताए । उनका अनुसार सो प्रतियोगिताको  विजेताले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

यस्तै उपविजेताललाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने थपलियाले बताए ।

 

उनका अनुसार पहिलो पुरस्कारको प्रायोजन मर्करी एफसी जापान (प्रिस्योन गुरुङ र मिन गुरुङ) ले गरेको छ भने उपविजेताको पुरस्कार युकेमा कार्यरत विपिन क्षेत्री र प्रनिश गुरुङले प्रायोजन गरेका हुन् ।

 

यस्तै ट्रफि तथा मेडलको प्रायोजन चाउथे एफसीका अध्यक्ष गोविन्द सिंह ठकुरीले गरेका छन् ।

 

प्रतियोगितामा कुल ६१  टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।


 

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्